२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

1.2K
Shares

काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्सले  लिमिटेड कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij