काठमाडौं -पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १० वर्षसम्म आधारभुत कानून नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्नेकुरा गलत हुने बताउनु भयो । उहाँले संविधान जतिसुकै राम्रो भयो भएपनि कार्यान्वनय नभए राम्रोका अर्थ नहुने बताउनु भयो । उहाँले संघीयताको कार्यान्वयन, क्षत—विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि यसका समस्याको पहिचान जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधान जतिसुकै राम्रो भयो भनेपनि संविधान कार्यान्वनय भएन भने त्यो राम्रोको अर्थ हुँदैन । कार्यान्वयनको चरणमा जहाँसम्म प्रश्न छ, सबैजसो वक्ता मान्यहरुले के भन्नुभयो भने यो कार्यान्वयन भएकै छैन, अल्पकार्यान्वयन भएको छ । कार्यान्वयन नै नभइकन के समीक्षा गर्ने ? भन्ने दृष्टिकोण एउटा हो । तर १० वर्ष हुँदासम्म एउटा आधारभुत ऐन बनाउन नसक्ने, जसको कारण संघीयताको कार्यान्वयन, क्षत—विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार हो । संविधान किन कार्यान्वयन भएन ? भन्नेकुराको जवाफमा संविधान संशोधन हुनेकुरा होइन नि । संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि पनि यसका अवरोधहरु के हुन् ? भन्ने ठम्याउनका लागि पनि सायद संविधानको पुनरावलोकन गर्नुपर्छ । आवश्यकताअनुसार संशोधनका लागि बाटो खोज्नुपर्छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा कुनुकन कुरामा संशोधन गर्नुपर्छ भन्नेकुरा दलका नेताहरुले अघि सार्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij