२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता दिसानायके विजयी

श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता दिसानायके विजयी

645
Shares

काठमाडौं – श्रीलंकामा वामपंथी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन् । संयुक्त कम्युनिस्ट अलायन्स नेशनल पीपुल्स पावर (एनपीपी)का तर्फबाट उम्मेदवार बनेका दिसानायकेले पुराना राजनितिक दलका उम्मेदवारहरु माथी सानदार बिजय हासिल गरेका हुन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१% मत ल्याउन नसकेपछि दोश्रो चरणको मतगणना गरिएको थियो । पहिलो चरणमा दिसानायकेले ४२.३१% र सजीथ प्रेमदासाले ३२.७६% मत ल्याएका थिए । श्रीलंकाको इतिहासमा पहिलोपटक दोश्रो चरणको मतगणनाबाट राष्ट्रपति निर्वाचित भएको हो र दिसानायके नवौं राष्ट्रपति बने ।

श्रीलंकामा एक करोड ७० लाख मतदाता छन् र यसपालि ७०% मतदान भएको थियो । श्रीलंकाको इतिहासमा यसपाली सबै भन्दा शान्तिपूर्ण मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij