२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पटनामा राजेन्द्र लुईटेल उत्कृष्ट संचारकर्मीको रुपमा सम्मानित

पटनामा राजेन्द्र लुईटेल उत्कृष्ट संचारकर्मीको रुपमा सम्मानित

795
Shares

काठमाडौं- विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेल ‘राज’लाई भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित एक समारोहका वीच नेपालको उत्कृष्ट संचारकर्मीको रुपमा सम्मानित गरिएको छ । बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन, आयोजक समितिका अध्यक्ष डा.शिखा नरुला तथा मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले संचारकर्मी लुईटेललाई नेपालका लागि यो वर्षको उत्कृष्ट संचारकर्मीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सहित दिल्ली सरकारका प्रशासक,पटना सरकारका प्रशासक तथा विधायक एवं राजनितिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।

संचारकर्मी लुईटेलले दुई पटक गिनिज वल्र्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त गरिसकेका छन । २०२४ मा सर्वाधिक उचाईमा भिडियो निर्माण गरि विश्वकिर्तिमानी बनेका लुईटेल यस अघि २०२१ मा पनि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट गिनिज अफ वल्र्ड रेकर्डबाट सम्मान प्राप्त गरिसकेका थिए । भारतको प्रतिष्ठित दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड,युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड,युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड,महात्मा गान्धि ईन्टरनेशनल अवार्ड,ग्लोबल ईन्टरनेशनल अवार्ड,डा.एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२,एमएसएन एक्सिलेन्सी अवार्ड,ब्रिलियन्ट इकोस्टार अवार्ड,डव्लुएसी बुक अफ रेकर्ड लगायत एक दर्जन वढि प्रतिष्ठित अन्तराष्टिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका लुईटेलले राष्टियस्तरका सयौं संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन ।

कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष समेत रहेका लुईटेलले भारत लगायत दुवई,अजरवैजान,ईजिप्ट,थाईलैण्ड,कतारमा समेत सम्मानित भइसकेका छन । एक दशक भन्दा लामो समयदेखि संचारकर्ममा सक्रिय लुईटेल भिडियोमा अभिनय हुदै निर्माणमा सक्रिय रहदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij