२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँः अध्यक्ष दाहाल

प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँः अध्यक्ष दाहाल

940
Shares

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले खुशी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५÷१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताउनु भयो । उहाँले उक्त निर्णय हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान भएको जिकिर गर्नुभयो । उहाँले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र विदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताउनु भयो । उहाँले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सिमित हुने बताउनु भयो । उहाँले आफू प्रधानमन्त्रीमा रहँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले अहिले खुशी व्यक्त गर्ने बेला पनि हो यो । हामीले आजसम्म पनि जनयुद्धका महान शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्न सकेका थिएनौँ । यो पटक मैले प्रधानमन्त्रीको रुपमा गरेको एउटा गर्व गर्न लायक काम भनेको १५÷१६ वर्ष अगाडिको सिंहदरबारको एउटा कोठामा थन्किएको माइनट खोजेर त्यतिबेला भएको डिसिजनलाई आधिकारिता, औपचारिकता दिने र राजपत्रमा प्रकाशित गर्ने काम भएको छ । यो हाम्रा हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान हो । त्यो अब मेटिने छैन । राष्ट्रिय शहीदका रुपमा उहाँहरु अब अजरअमर औपचारिक रुपमा पनि हुनुभएको छ । यही पटक हामीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा ग¥यौँ । विदा दिने निर्णय पनि ग¥यौँ । विदा दियाँै पनि । जनयुद्ध दिवस राष्ट्रिय दिवस भनेर सरकारी क्यालेण्डरमा र अरु सबै औपचारिकता पूरा ग¥यौँ । त्यो पनि खुशी र गर्वको कुरा हो । यदी हाम्रो नेतृत्वमा सरकार हुँदैन थियो भने जनयुद्धका हजारौँ शहीदलाई राष्ट्रिय शहीदको सम्मान या जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र विदाको कुरा कल्पना पनि सम्भव थिएन । १८ महिनादेखिको लगातार प्रयासले अन्तिममा तपाईंहरुले देख्नुभयो, बालुवाटारमा मेरो अन्तिम बैठक नै त्यही थियो । सर्वदलीय बैठक बोलाएर यो टिआसरीसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कार्यदल मैले नै प्रश्तावित गरेर टुंग्याइएको छ । त्यो अहिले अनुमोदन गर्ने काम भइसकेको छ ।’

अध्यक्ष दाहालले माओवादी नेताहरुको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले सबैले माओवादीलाई एकीकृत र केन्द्रिकृत गरेसँगै शक्तिशाली भइने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij