२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला

काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला

485
Shares

काठमाडौं- काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईरालानेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेता कोईरालाले काँग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । शनिबार धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोईरालाले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उहाँको भनाई थियो । विपी कोईरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताउनु भयो । नेता कोइरालाले भन्नुभयो, ‘६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन । तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन ।

सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरेँ । हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं । जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन् । युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलीको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो । शेरबहादुरजी सदावहार यहाँ पार्टी सभापति हुनुहुन्न । अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुप¥यो । उनीहरुलाई अगाडि बढाउनु प¥यो । हामी त छौ तर कति दिन छौँं ? आज छौ, भोली हुँदैनौं । त्यसैले अलिपर हामीले सोच्नुप¥यो । आफ्नो सन्ततिलाई दिनु प¥यो । विपी कोइरालाले हेर्नुस–उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो ? उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनु भयो । किनभने उहाँको स्वास्थ्य ठिक थिएन । विपीको कुरा छोडौं उहाँका एक एक किस्सा छन, तपाईहरुलाई भन्ने मेरो समय छैन । तर हामीले विपी कोइरालालाई पुजेर मात्रै हँुदैन । उहाँको आर्दश बुझौं । उहाँको पदचिन्हमा हिँडौं । नेपाली काँग्रेस यत्रो बलियो शक्ति छ । मलाई छक्क लाग्छ–हाम्रो बहुमत हुँदैन । यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो संघर्षपूर्ण जीवन ७० वर्ष संघर्ष गरेर बल्ल त हामीले संविधान दियौं । सुशील कोईरालाले संविधान बनाउनु भयो । तर यो निरन्तर लागि राखेका छौं । तैपनि हामीले जहिले पनि अल्पमतमा हुने । अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनु पर्छ । त्यो दृष्टि राख्नुप¥यो । नेता कोईरालाले काँग्रेसले बलियो भएर पनि बुहमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij