२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिन्द्राले ल्यायो ‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम १’ योजना, ट्र्याक्टर खरिद गर्दा ‘लाखौँको इनाम’’

महिन्द्राले ल्यायो ‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम १’ योजना, ट्र्याक्टर खरिद गर्दा ‘लाखौँको इनाम’’

1.1K
Shares

काठमाडौं – नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको छ । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ ।

यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्ड मार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट प्राप्त गर्नेछन् । साथै बम्पर इनाममा १ लाख, २ लाख र ४ लाख नगद जित्ने थप तिन मौकाहरू प्राप्त गर्ने कुरा कम्पनीले जानकारी दिएको छ।

बम्पर इनाम, ३ जना भाग्यशाली विजेताहरुलाई ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी प्रदान गरिने व्यवस्था गरिएको छ । यसका साथै, लक्की ड्र मार्फत दिइने नगद इनाम लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुनेछ र विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमालाई भेट्ने मौका समेत प्राप्त गर्नेछन् ।

कम्पनीले ल्याएको यस वर्षको योजना, महिन्द्रा ट्र्याक्टर मुख्य प्रायोजक रहेको, प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग पनि जोडिएको छ । चलचित्रमा मुख्य भूमिकमा रहेकी अभिनेत्री स्वस्तिमा खड्का यसै चलचित्रमार्फत निर्माताका रूपमा डेब्यु गर्दैछिन् । चलचित्र घटस्थापनाको दिनमा देशभर प्रदर्शन हुने तालिका रहेको छ ।

यस योजनामार्फत महिन्द्रा ट्रयाक्टरले नयाँ ट्र्याक्टर ग्राहकहरूलाई ट्रयाक्टर खरिदमा विभिन्न छुट तथा इनाम प्रदान गर्दै चाडपर्वको माहौलमा अझ उमङ्ग थप्ने र सम्बन्ध प्रगाढ बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij