२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

1.1K
Shares

काठमाडौं – २०८१ सालको दशैं टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको उल्लेख छ ।

यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij