२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल किड्स अफ दि इयर २०२४को फाईनल घटस्थापनामा

नेशनल किड्स अफ दि इयर २०२४को फाईनल घटस्थापनामा

1.3K
Shares

काठमाडौं – छैटौं ‘नेशनल किड्स अफ दि इयर २०२४’का ६१ प्रतियोगीले यतिबेला विभिन्न प्रशिक्षणमा छन् । यो प्रतियोगिताको आगामी १७ असोज घटस्थापनाको दिन काठमाडौंको जमलस्थित नाचघरमा ग्रान्ड फिनाले हुने भएको छ ।
इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको आयोजनामा रहेको प्रतियोगीताको प्रतियोगी अहिले फाइनल स्पर्धाका लागि प्रशिक्षण मार्फत आफुलाई निखारिरहेका छन् । प्रशिक्षणको क्रममा सोफिया महर्जन कार्कीले पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभबलमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका छन् । लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको एमडी हुन् । प्रशिक्षणको क्रममा समय समयमा सेलिब्रेटी, मिडिया पर्सनबाट पनि प्रशिक्षण हुँदै आएको छ ।
सिनियर र जुनियर गरेर दुई क्याटवरी यसका प्रतियोगी रहेको छन् । जसमा जुनिएरमा कक्षा १ देखि ४ सम्म र सिनिएमा ५ देखि ८ सम्म अध्यायनरत छात्रछात्रा छन् । सिनियरमा २० र जुनियरमा ४० प्रतियोगी रहेका छन् । उपत्यकाका थुप्रै स्कुलका बिद्यार्थीहरु सहभागी छनौट चरणको अडिसनबाट प्रतियोगी छानिएका थिए ।
यी प्रतियोगीतामा २५ स्कुलको प्रतिनिधित्व रहको आयोजकले जनाएको छ । प्रतियोगितामा फर्जिना निरौला, अनाया शाह, सुभानी अधिकारी, आश्रिका शाक्य, प्रियँसा श्रेष्ठ, इस्ली पान्डे, डेचेन डोल्कर शेर्पा, सिजल रेग्मी, सेरिना गैरे, प्रान्भी आचार्य, जोयल सापकोटा, आरुसी पुडासैनी, सोम्य थापा, आयुजा चौधरी, रेशु श्रेष्ठ, नितीश्री बस्नेत, इभा रञ्जित, इभिका खत्री, श्रीधा पौडेल, प्राप्ति केसी, प्रनिशा खड्का, इजावेला गुरुङ, साईना थापा, निभृती तामाङ, आँसिका कर्माचार्य, आन्या लामिछाने, सोम्या लामिछाने. सिया रानी रहेका छन् ।
यस्तै अन्य प्रतियोगिमा रिसिमी मेवाहाङ, इसाना बसेल, अरिना सोनार, नीति कार्की, परिसा सिटौला, क्यारिन डोङ, सुप्रभा डँगोल, मान्भी घिमिरे, इक्सिता तन्डुकार, नभ्नी उलक, आर्सिया तुलाधर, रिन्छेन डोल्कर तामाङ, अनन्तज्योत सिंह, नेओन तामाङ, ग्रेस कडेल, विश्व गुरुङ, अभिग्न दँगाल, अनिरेज श्रेष्ठ, अभोदाय केशर थापा, देरिन कुँवर, डेनी लामा, प्रणय मानन्धर, आकृष्ठ शाक्य, दिपर्सन ढकाल, श्रेयष थापा, कृष चौधरी, आरोग्य श्रेष्ठ, उत्सर्क भट्टराई, निशान उलक, पियुस चौधरी, आर्यस थापामगर, उज्वलभक्त श्रेष्ठ, संस्कार महर्जन रहेका छन् ।
आगामी १७ असोजमा हुने फाईनल प्रतियोगीतामा सिनियर र जुनियर गरेर दुई शिर्ष विजेता सहित बिभिन्न उप–बिधामा समेत विजेता चयन हुनेछन् । शिर्ष दुई विजेताले २५ हजार रुपैयाँ, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी अवसरसहित बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् । अन्य विजेताले पनि बिभिन्न पुरस्कार प्रदान गरिने छ । पुरस्कृतिलाई अन्तराष्ट्रिय कार्यक्रममा जानेक्रममा सो पुरस्कारको रकम २५ हजार प्रदान गरिने आयोजक धिरज तण्डुकारले बताए ।
आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारकोइभेन्ट बेटर ग्यालेक्सीका प्रमुख धिरज तन्डुकारले बालबालिकाहरुलाई नेपाली कला संस्कृतिबारे जानकारी दिँदै उनीहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशमा प्रत्यक्ष सघाउने उदेश्यसहित यो प्रतियोगीता आयोजना हुँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij