काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणा बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण छ । बैंकिङ सिस्टममा । करिव करिव २०/२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेट भएको छ । हाम्रो एक्सपेक्टेसन सामान्यतया के रहन्छ भने ट्रेडिशनली जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ । अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणा अनुरुप एउटा बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरुले राख्नुपर्छ ।’
गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानूनी संशोधनका प्रश्तावहरु अघि बढाएर जानुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij