२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकले ४ जिल्लामा घरजग्गा बेच्दै, कुन कुन जिल्लाको हुँदैछ विक्री ?

एनएमबि बैंकले ४ जिल्लामा घरजग्गा बेच्दै, कुन कुन जिल्लाको हुँदैछ विक्री ?

1.3K
Shares

काठमाडौं – एनएमबि बैंकले गैह्र बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ४ जिल्लाका विभिन्न ठाउँको गैह्र बैंकिङ्ग (घरजग्गा) सम्पत्ति लिलाम बिकी गर्ने भएको हो ।

बैंकको स्वामित्वमा रहेका काठमाडौं, ललितपुर, मकवानपुर र मोरङ्गका विभिन्न ठाउँमा रहेको घरजग्गा बिक्रीमा राखेको हो । काठमाडौंमा २ कित्ता, ललितपुरमा ६ कित्ता, मकवानपुरमा एउटा कित्ता र मोरङ्गमा ५ वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो ।

उक्त सम्पत्ति जे जस्तो अवस्थामा सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij