२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

275
Shares

काठमाडौं – एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए ।

एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई अझ प्रस्ट्याउनु भएको थियो ।

प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले “भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू” शीर्षकमा मुख्य वक्तव्य दिँदै श्रोताहरूलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । उहाँका गहन विचारहरूले पौराणिक ज्ञानबाट आधुनिक चुनौतीहरूको सामना गर्ने तरिकाहरुमा जोड दिएको थियो । उहाँले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्ता महान् व्यक्तिहरूका गुणहरूलाई अपनाउनुपर्छ भनेर पनि छलफल गर्नुभएको थियो ।

एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ्ग र फिक्कल टी एन्ड कफी जस्ता कम्पनिहरुमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिनुभएको थियो । यी छलफलहरूले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो ।

समापन मन्तव्यमा उपस्थित सहभागीहरूलाई उत्साहपूर्ण सहभागिता र समर्थनको लागि धन्यवाद व्यक्त गर्दै एनआइएमबि एस क्यापिटल लिमिटेडका अध्यक्ष श्री सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिनुभयो । साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवाला सम्पूर्णले सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले थप भन्नुभयो, “आजको ज्ञान र अनुभव आदान–प्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्नेछ ।

कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको उक्त कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ ।

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij