२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

360
Shares

काठमाडौं – विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको साइबर ब्युरोले प्रसाईंलगायतका व्यक्तिलाई पक्राउ गर्न अदालतसँग आदेश मागेको थियो। सोही मागबमोजिम अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले पक्राउ गर्न अनुमति दिएको हो।

काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न साइबर ब्युरोले उनीहरुलाई पक्राउ गर्न अनुमति माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij