२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुयानले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

लुयानले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

600
Shares

काठमाडौं – लुयानले इलेक्ट्रिक स्कुटरका लागि दशैंतिहार तथा छठ पर्व लक्षित अफर सञ्चालनमा ल्याएको छ । दशैंतिहार तथा छठ धमाका अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छूटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइनेछ । यो अफर असोज २ गतेदेखि कात्तिक मसान्तसम्म जारी रहने कम्पनीले बताएको छ ।

यसका साथै कम्पनीले चालू आवकोे कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस चार्ज पनि नि : शुल्क उपलब्ध गराउने बताएको छ । यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोलबाट चल्ने भए पनि अथवा इलेक्ट्रिक भए पनि एक्सचेन्ज गर्न सकिने छ ।

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने बताएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ वर्षसम्मको फाइनान्स सुविधा पाइने छ ।

कम्पनीले काठमाडौं उपत्यका भित्र सात वटा स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको बताएको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सक्नेछन् ।

देशको ऊर्जा देशमै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ वर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रीवितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij