काठमाडौं – साहस उर्जा लिमिटेडले लाभांश घोषणा घोषणा गरेको छ । कम्पनीले हालको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश कम्पनीका लगानीकर्ताहरुले पाउँन सक्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij