२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढ्यो

नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढ्यो

460
Shares

काठमाडौं – नेपाल वेयरहाउजिङ लिमिटेडको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी भने ३५७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म १ करोड ४८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ९३ लाख १६ हजारबराबरको प्रत्यक्ष खर्च, कर्मचारीका लागि १ करोड ४२ लाख र अन्य सञ्चालनका लागि १ करोड खर्च गरेको छ ।

यस्तै कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवसम्म ८० लाख ९४ हजार रुपैयाँमा सीमित थियो । कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ४० लाख र कुल चालु दायित्व ४ करोड २६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ११।६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात ७७.१४ गुणा र प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij