२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

580
Shares

काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले  साधारणसभा  असोज २३ गते गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले गत आवको लागि ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ (कर सहित) नगद लाभांश पारित गर्नेछ । साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । नियमावलीको नियम ३१ को उपनियम २ मा संशोधन गर्ने विशेष प्रस्ताव समेत रहेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्नेछ । यसका आधारमा असोज १६ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij