काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्की स्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ।
सिंगटीहाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो।
आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन्।
१६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रबर्धक कम्पनी रअन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएकोछ।
आयोजनामा ग्लोवल आइएमइ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी हुनेछन्।अन्नपुर्ण विद्युत विकास प्रालिद्धारा प्रबद्र्धित लान्द्रुक मोदी जलविद्युतआयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ।
नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कार्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रबर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रा.लि. ले जनाएको छ।
जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्र्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । उक्त आयोजनाको हेडवक्सदेखि विद्युतगृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ।नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबैभन्दा धेरै हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij