काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ नियम ल्याएको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नियमावलीले आंशिक रकम तोकेरै आंशिक रूपमा समेत खाता रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थामा खोलिएको रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न सो विनियमावली जारी गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिबाट यो विनियमावली तर्जुमा गरी लागु गरिएको जनाएको छ ।
बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ पढ्नुहोस पूर्णपाठ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij