२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेललेको निर्देशन

नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेललेको निर्देशन

580
Shares

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ ।

सोमवार कर्मचारी सञ्चय कोषको ६३ औं वार्षित्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिनुभयो । उहाँले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समिक्षा गर्न जरुरी भएको औंल्याउनु भयो। उहाँले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिनुभयो । उहाँले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गर्नुभयो । उहाँले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ ? भन्ने कुरालाई सुक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसावले काम गर्नु जरुरी देखिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ । संस्थाले त्यस तर्फ पनि ध्यान दिनुपर्छ । नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको छ । त्यसमा २७ अर्ब बढी लगानी उठ्न बाँकी छ । त्यो रकम उठाउनको लागि आफैँ पहल गर्नुहुन्छ वा सरकार ग्यारेन्टी बसेको छ भनेर बस्नुहुन्छ ? यस्ता विषयहरु छन् । यस्तै अन्य गाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने कुरालाई सुक्ष्म ढङ्गले हुर्नुपर्छ । प्रतिफललाई अझ बढी कसरी बढाउने त्यस ढङ्गले सोच्नुपर्छ । सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ । लगानी गरेर चित्त बुझाउने ढङ्गले होइन । सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्नु जरुरी छ । कोषले र्फिता पाउनुपर्ने लगानी फिर्ता पाइरहेको छैन भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ । त्यसको लागि कोष मुकदर्शक बनेर होइन सार्थक पहलकदमी लिन आग्रह गर्न चाहन्छु ।’

उहाँले सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij