२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गरिमा विकास बैंकका डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

गरिमा विकास बैंकका डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

1K
Shares

काठमाडौं – गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरिमा विकास बैंकमा २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । चार्टर्ड एकाउन्टेन्ट रेग्मीले नायव सीईओको रुपमा असोज १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

रेग्मीले २०८० चैत १५ गतेदेखि गरिमा विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेञ्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ बर्ष काम गरेको अनुभव छ ।

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरेको अनुभव समेत छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएमबाट आफ्नो सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij