काठमाडौं – भोलि असोज १ काठमाडौं उपत्यकामा इन्द्र जात्रा पर्व मनाइँदैछ । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि यो जात्रा शुरू हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।
भोली नेप्से बन्द रहनेछ । साथै उपत्यकाका, बैंक, वित्त, शिक्षण संस्था लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij