२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावर कम्पनीको लाभांश घोषणा

अपि पावर कम्पनीको लाभांश घोषणा

900
Shares

काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले  गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो ।  कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले कात्तिक १ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।  सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्त, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहयक कम्पनी अपि इन्फ्रा लिमिटड कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना, दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभामा कम्पनीका शेयरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्रसहित गरी ५ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij