२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

605
Shares

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आ.व. २०७९/०८० को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी रु.४,१८,४०,००,०००।- (अक्षरेपी चार अर्ब अठार करोड चालिस लाख) को १८.३८११% बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij