काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न आउँदो असोज १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८०।८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४।७३६८ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस शेयर र करसहित १०।७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४।२१ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij