काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २,६३७ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोडको शेयर कारोबार भएको छ ।
आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, फाइनान्स समूहको ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६८ प्रतिशतगरी १३ वटै सूचक राताम्य भएका हुन् ।
आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनकिो ६४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij