काठमाडौं -आशुतोष इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौँ वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ। कम्पनीको सभा नक्साल काठमाडौँमा बिहान साढे ८ बजे बस्ने भएको हो।
कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij