काठमाडौं -नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असोज १२ गते हुने भएको छ । यसअघि असोज ५ गतेका लागि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि चुनाव मिति तोकिएको थियो। कार्यवाहक अध्यक्ष रमेश बिष्टले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी असोज १२ गतेका लागि सरेको जानकारी गराएका छन् ।
महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका थिए। अहिले वरिष्ठ उपाध्यक्ष रमेश विष्ट कार्यवाहक अध्यक्ष छन्।
अध्यक्ष विपुल पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तीमा जनाइएको छ । साथै, महासंघको तर्फबाट आगामी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाइएको छ ।
मतदाता सूची भने भदौ २९ गते शनिबार सार्वजनिक हुनेछ। मतदाता सूची शनिबारका दिन सार्वजनिक गरी त्यसै दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको महासंघका कार्यबाहक अध्यक्ष बिष्टले जानकारी दिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij