२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्स नै हो – नान्जिङ गोल्डेन ड्रागन

नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्स नै हो – नान्जिङ गोल्डेन ड्रागन

1.6K
Shares

काठमाडौं – स्काइवेलको विद्युतीय एसयूभी उत्पादक चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा आफ्ना आधिकारिक बिक्रेता जी मोटर्स रहेको जनाएको छ।

नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले एक विज्ञप्ति जारी गर्दै नेपालमा आफ्नो एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स रहेको स्पष्ट पारेको हो। अन्य कुनै पनि कम्पनि नरहेको पनि स्पष्ट पारेको छ । एलआरआर नामक कम्पनीले स्काइवेलको विद्युतीय कार आधिकारिक बिक्रेता भएर ल्याएको भन्दै भन्सार प्रयोजनका लागि अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गरेपछि निर्माता कम्पनिले विज्ञप्ती जारी गदैृ नेपालमा आधिकारिक बिक्रेता भक्तपुरको राधेराधेमा कार्यालय रहेको जी मोटर्स प्रा.लि मात्र रहेको स्पष्ट पारेको हो । त वर्षबाटै जी मोटर्सले नेपाली बजारमा स्काइवेलका गाडी ल्याएर बिक्रीवितरण गर्दै आएको छ।

भखरै सम्पन्नि नाडा अटो शो २०२४ मा जी मोटर्सले स्काइवेलका विद्युतीय एसयूभी तीना ब्याट्री अप्सनमा बीई ११ मोडल ईभी गाडी सार्वजनिक गरेको थियो। कम्पनीका डेप्युटी जीएम थोमसले जारी गरेको विज्ञप्ति आएपछि एलआरआरले कीर्ते गरेर अवैध रुपमा स्काइवेलका विद्युतीय एसयूभी आयात गरेको खुलेको छ। एलआरआरले वाणिज्य विभागमा एजेन्सी दर्ता गरेर हङकङमा स्थापना गरिएको एउटा कम्पनीसँग त्रिपक्षीय सम्झौता गरेर आफू पनि आधिकारिक बिक्रेता भएको दाबी गर्दै स्काइवेलका कार आयात गरेको छ। डिलरसीपको निर्णय सम्झौता गर्ने अधिकार उत्पादक कम्पनिलाई मात्र रहेको पनि जनाएको छ ।

नान्जिङ गोल्डेन ड्रागनले नेपालमा जी मोटर्समात्र आधिकारिक बिक्रेता भएको स्पष्ट पारेपछि एलआरआरको आयात अवैध देखिएको छ। एलआरआरविरुद्ध आफूहरु कानुनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ।
उता जी मोटर्सले पनि अन्य कम्पनीले अवैध रुपमा स्काइवेलकै सवारी आयात गरेकाले सरकारसँग व्यावसायीको लगानी सुनिश्चितताको वातावारण बनाउन माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij