२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

815
Shares

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले ‘Experience Kaiyi’ टेष्ट ड्राइभ कार्यक्रम गर्ने भएको छ ।  भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा टेष्ट ड्राइभ कार्यक्रम गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ति दिनमा केईको इलेक्ट्रीक एसयूभ X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सकिने छ। प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको  र सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को mixer grinder प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले इच्छुकहरुलाई केईको शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सक्ने भएकोले थप जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो। तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ। हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौं स्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij