काठमाडौं – हिमालयन बैंकको सवा ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले तोकिएको मितिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा निवेदन दिन सक्नेछन्।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij