काठमाडौं – अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनिको साधारणसभामा पेश गर्ने प्रस्तावमा संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी छलफल गरी स्वीकृत गर्ने,आ.व. २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको परिश्रमिक निर्धारण गर्ने रहेका छन् ।
त्यसैगरी विशेष प्रस्तावहरुमा आ.व. २०८०।०८१ मा विभिन्न संस्था तथा ब्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij