२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट

शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट

1.4K
Shares

काठमाडौं – शी लिड्स आइकनका लागि छनोट भएका २७ जना महिला जनप्रतिनिधिको नाम सार्वजनिक भएको छ । पत्रकार सम्मेलन मार्फत महिला जनप्रतिनिधिको काम योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ , कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरिएको छ।
प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो। जसमा कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११,लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको आयोजक संस्थाले जानकारी गराएको छ ।
“महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित”क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधीलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले सुरु भएको कार्यक्रममा विभिन्न स्थनीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको थियो । जस्म मध्ये १२८ जना महिला जनप्रतिनिधिलाई राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले २७ जना छनोट गरिएको बताएको छ ।

आयोजक संस्थाका अनुसार छनोट हुनुभएको २७ जनालाई २० दिनको समय दिएर जनमतका लागी लगिने छ र त्यसमध्ये ३ जनालाई विजेता घोषणा गर्दै ३ जना आइकनको कार्यस्थलमा पुगी प्राविधिक टोली सहित वृत्तचित्र तयार पारिने छ ।
यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मदतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रर्दशन गरिनेछ र सो बारे जनमत संकलन गरिने छ ।
साथै विशिष्टिकृत अग्रता को आधारमा शी लिड्स आइकनहरूलाई राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरि सम्मान गरिनेछ ।
सस्थाको अध्यक्ष पुजा कोइरालाका अनुसार महिला जन्मदै विभेदको सिकार हुदै आधुनिक मानव समाजको मान्यता अनुसार पाउनु पर्ने सामान्य मानवीय अधिकारबाट समेत बन्चित हुनुपर्ने कहालिलाग्दो दुर्दशाको भुमरीमा नेपाली महिलाहरुको जीवनपथको सुरुवात हुन्छ । पृतिसत्तात्मक सोचको अदृश्य नेलकडिमा जकडिएर , रूढिवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधिबेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण बिजयी पात्रको कथा भन्दा कम हुदैन । त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला । आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु , दमनहरु , अपहेलनाहरु र अमानवियता समेतलाई सामना गर्दै खास गरी राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न नेपाली महिलाहरुले उठाउनुभएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह बन्न सक्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij