२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने

विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने

680
Shares

काठमाडौं – राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।

मंगलवार बसेको सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि भदौ ३१ गतेलाई तोक्नुभएको हो । अध्यक्ष दाहालले समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति २०८१ भदौ ३१ गते सोमवारको दिन तोकेको छु । समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिन्छु ।’
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३० गते आईतवार दिउँसो सवा १ बजे बस्नेथरी स्थगित भएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij