२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्ध एयरको पहिलो एटीआर विमानलाई यसरी गरियो बिदाइ

बुद्ध एयरको पहिलो एटीआर विमानलाई यसरी गरियो बिदाइ

1K
Shares

काठमाडौं– बुद्ध एयरले ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन युक्त एटीआर विमानलाई बिदा गरेको छ। कम्पनीले १६ वर्षदेखि नेपाली अकासमा उडाइरहेको एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट बिदा भएको हो। बुद्ध एयरले सन् २००८ मा आईएफसीको सहयोगमा दुई वटा एटीआर ४१-३२० जहाड भित्र्याएको थियो। आन्तरिक उडानका लागि भित्र्याएको पहिलो एटीआर विमान थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानस्वरूप पानीको फोहोराले सलामी (वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको बुद्ध एयरले बताएको हो।

कम्पनीसँग हाल ४७ सिटे एटीआर–४२ तीन र ७० सिटे क्षमताका १५ वटा एटीआर विमान छन्। कम्पनीले त्यतिबेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको विमान खरिद गरेर नेपाल ल्याएको थियो। ७० हजार उडान साइकल पूरा भएपछि एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्रउपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने प्रावधान छ।

विदा भएको विमानले १८ लाख यात्रीलाई उडान सेवा दिएको कम्पनीले जनाएको छ। बुद्ध एयर एटीआर अपरेटरतर्फ विश्वकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेको छ। कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले एटीआर विमानको मर्मत सम्भार र उडान सञ्चालनमा कम्पनीको टेक्नीकल तथा अप्रेसन टीम विकसित राष्ट्रको भन्दा अब्बल रहेको दाबी गरे। बुद्ध एयरले आन्तरिक उडानका साथै साताको तीन दिन भारतको बाराणसी उडान गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij