काठमाडौं – एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरुलार्य बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकले सोमबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङमार्फत प्यान अपडेट गराउन आग्रह गरेको हो । यस्तै बैंक ग्राहकहरुले आफूलाई पायक पर्ने एनआइसी एशिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बताएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij