काठमाडौं – बाराही हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते शुक्रबार सभा गर्ने निर्णय गरेको हो । गौरव इभेन्ट्स स्युचाटार,काठमाडौंमा सभा बोलाएको हो। सो सभा बिहान ८ बजेदेशि शुरु हुनेछ ।
कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सो सभाले पारित गर्नेछ।
त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिन बुकक्लोज गर्ने भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij