२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी द्वारा पदभार ग्रहण

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी द्वारा पदभार ग्रहण

890
Shares

काठमाडौं – नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । मन्त्रिपरिषद्को भदौ २० को निर्णय बमोजिम अर्याललाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो ।

पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यसअघि उनले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायबप्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij