२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सालपा विकास बैंकको साधारणसभा आह्वान

सालपा विकास बैंकको साधारणसभा आह्वान

905
Shares

काठमाडौं – सालपा विकास बैंकले साधारणसभा  आह्वान गरेको छ । बैंकले असोज १३ गते आइतबार साधारणसभा गर्न लागेको हो ।

बैंकको साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा / नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन्।

सालपा विकास बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ।बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij