२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज मिति कहिले ?

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज मिति कहिले ?

865
Shares

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २० गते बेलुका ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४ सय ४० रुपैयाँ नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज १४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij