२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

1.1K
Shares

काठमाडौं -पशुपती रिन्युएबल्स लिमिटेडलेले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाउने कम्पनीका अध्यक्ष शाहले बताए ।

वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको उक्त कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना पहिलो र १५ मेगावाटको धरमनगर सोलार फार्म दोस्रो आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij