२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय

दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय

375
Shares

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानको रकम भुक्तानी गर्नका लागि संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो ।

यसअघि अर्थ मन्त्रालयले संस्थानलाई ऋण दिने सहमति दिएको थियो । मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव कृषि मन्त्रालयले लगेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij