२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन बोर्ड सीईओमा दीपकराज जोशी नियुक्त

पर्यटन बोर्ड सीईओमा दीपकराज जोशी नियुक्त

1K
Shares

काठमाडौं – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।

जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईओको जिम्मेवारी पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij