२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोलुङ्ग हाइड्रोपावरको साधारण सभा आब्हान

मोलुङ्ग हाइड्रोपावरको साधारण सभा आब्हान

600
Shares

काठमाडौं – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आब्हान गरेको छ । कम्पनिले साधारण सभा असोज १८ गते, शुक्रबार, बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौँमा १४ औँ र १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले प्रबन्धपत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत दुई आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij