२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानी बोर्डको सीइओको लागि पाँच जनाको नाम सर्टलिस्ट

लगानी बोर्डको सीइओको लागि पाँच जनाको नाम सर्टलिस्ट

355
Shares

काठमाडौं -सरकारले लगानी बोर्डको कार्यालयको कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन दिएका मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले आज ५ जनाको नाम सर्ट लिस्ट गरेको हो।
बोर्डको सिइओ बन्न निवेदन दिएकाहरुमा, भूमिकास्थान नगरपालिका वडा ९, अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, व्यास नगरपालिका, वडा ९, तनहुँका रघुराज काफ्ले छ्न् । यस्तै, ललितपुर महानगरपालिका वडा २९, ललितपुरका सुशील ज्ञवाली, धनुषाधाम नगरपालिका वडा २, धनुषाका रामदेव यादव, काठमाडौ महानगरपालिका वडा ४, काठमाडौंका भिष्म राज ढुङ्गाना, रहेका छन् ।

यी उम्मेद्वारको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणको स्थान, मिति र समय पछि प्रकासित गरिने समितिले जनाएको छ ।सार्वजनिक(निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१/०४/२८ गते सूचना प्रकाशित गरेको थियो ।

भदौ १५ गतेको सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्वारहरुमध्ये सार्वजनिक(निजी साझेदारी तथा लगानी नियमावली, २०७७ र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ७ बमोजिम सिफारिस समितिको मिति २०८१/०५/१८ को निर्णयानुसार पाँच जना अन्तर्वार्तामा छनोट भएका हुन् ।

यसअघिका कार्यकारी प्रमुख सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij