काठमाडौं – एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नती भएको छ ।
कम्पनीले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्स पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति गरेको बताएको छ । यस स्तरोन्नतिसँगै कम्पनीका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।
कम्पनीले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा सञ्चालन गर्दै आएको छ । कम्पनीले भुक्तानी गर्नको लागि डेबिट तथा क्रेडिट (भीजा र मास्टरकार्ड) ( जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ) कार्ड तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ ।
त्यसैगरी, एटीएम, पोस तथा ईकर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भीजा मास्टरकाड चाइना यूनियन पे स्वीकार गर्दछ ।
यसै सन्दर्भमा कम्पनीले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको बताएको छ ।
आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि कम्पनीले प्यानएशिया इन्फोस प्रालिलाई नियुक्त गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij