काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर २,८३० आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने आज १३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन पाँचवटा समूह बढ्दा आठ वटा समूह भने घटेको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशत, जीवन बीमा समूह २.२८ प्रतिशत र विकास बैंक समूह १.३२ प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा सूचीकृत १२ वटै निर्जीवन बीमा कम्पनीहरूको र ११ वटा जीवन बीमा कम्पनीको शेयरमूल्य बढेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij