काठमाडौं -सामाजिक पारिवारिक मार्मिक टेलिसिरियल मनको छहारी बन्ने भएको छ । अर्थ नेपालको प्रस्तुती रहेको यस टेलिसिरियलमा श्रीकृष्ण थापाको कथा र निर्देशन रहेको टेलिसिरियलमा संगीता थापा कार्यकारी निर्माता रहेको छ ।
टेलिसिरियलमा श्रीकृष्ण थापा, मिना खड्का, जय सापकोटा , तुलसा डाँगी, संगीता थापा, इन्दु भण्डारी, युगेश खड्का, सरस्वती परियार, काशीराम सुवेदी, विवश श्रेष्ठ, निर्मला अधिकारी, रेणु न्यौपाने लगायतको अभिनय रहेको छ ।

राजेश रम्तेलको छायांकन र सम्पादन रहने टेलिसिरियलमा इन्दु भण्डारी र जय सापकोटा मुख्य सहायक निर्देशक रहेका छन् । मिना खड्का व्यवस्थापन, विवश श्रेष्ठको प्रकाश रहेको छ । टेलिसिरियल मनको छहारी समुन्द्रादेवी एचडी युट्युवबाट प्रशारण हुने निर्माण पक्षले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij