२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने

835
Shares

काठमाडौं – कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । शेयर निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीको कर्पोरेट कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात् ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको छ । सन् २०१८ सालमा स्थापित भएको उक्त कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ ।

हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्र प्राप्त गरि घरेलु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । साथै अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले बताएको छ ।

कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाल तथा अन्तरराष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पुर्‍याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेको उक्त कम्पनी भेटेरिनरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणहरुमा शेयर निष्कासन गर्ने पहिलो औषधी उद्योगमा पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij