काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्पm ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने वताउनुभयो । महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ, उहाँले भन्नुभयो ।
यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गर्नुभयो । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।
यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको तर्पm अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउनु हुँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्नुभयो ।
भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आपूmले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिनुभयो । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसंग भेट गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij